राजनीति/ समाज

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास, यसको फाइदा के ?

रमेश लम्साल नयाँ दिल्ली-भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ...

पदमपोखरी पुगेर डा. महतले भने–‘ काँग्रेसको मत एमालेको भन्दा बढी छ’

हेटौँडा, २४ चैत । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि नेपाली काँग्रेसको मत एमालेको भन्दा बढी भएको दाबी गरेका छन् । साथै उनले हारले काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका छन् । शुक्रबार हेटौँडा १३ पदमपोखरीमा रहेको पदमपोखरी पार्टी प्यालेसमा नेपाली...

इन्डिया नेपाल विजनेश फोरममा प्रधानमन्त्रीले के भने ?

रमेश लम्साल नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको...

नेपाल तरुण दलले हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण गर्ने

हेटौँडा, २३ चैत । नेपाल तरुण दलले बैशाख ३ र ४ गते मकवानपुरको हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अनुसार बैशाख ३ र ४ गते हेटौँडामाा ३ नं प्रदेश स्तरीय तरुण दल प्रशिक्षण कार्यक्रम हुने भएको तरुण दलले जनाएको छ । प्रशिक्षण कार्यक्रमको तयारी...

५ वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने मुख्यमन्त्री पौडेलको दाबी

–खेम बोलखे भरतपुर, २३ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले अबको पाँच वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने बताएका छन् । चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले यस्तो बताएका हुन् । आत्मविश्वास र इच्छा...

प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो छ कार्यतालिका

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । उनी तीनदिने राजकीय भ्रमणका लागि ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् । भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद...

प्रधानमन्त्रीको भारत भ्रमण : विश्वास गुमाउन एउटै गल्ती काफी हुन्छ

काठमाण्डौं २२ चैत । हालसम्मको नेपाल–भारतको सम्बन्ध समान राष्ट्रको हैसियतमा हुने गरेको देखिँदैन । शासक वर्गको निजी स्वार्थसिद्धि वा सत्ताको आयु लम्ब्याउने उद्देश्यबाट प्रेरित हुने गरेको छ । राष्ट्रिय हितको रक्षा नै परराष्ट सम्बन्धको मूल आधार बन्नुपर्नेमा त्यसो हुन सकेको छैन । गहिरिएर हेर्ने हो भने नेपाल भारतको सम्बन्ध...

वाईसिएल मकवानपुरले गर्यो सम्मान

मकवानपुर, २२ चैत । योङ कम्युनिस्ट लिग (वाईसिएल) मकवानपुरले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै बैठक प्रशिक्षण कायक्रम सम्पन्न गरेको छ । आज हेटौँडामा एक कार्यक्रमकाबिच प्रदेशसभा सांसद पुलामीसहित वाईसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे र ३ नम्बर प्रदेश संयोजक राजन गौतमलगायतलाई सम्मान...

‘हेटौँडा नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्छ’–कमल थापा

हेटौँडा, २२ चैत । पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी बनाउनको आग्रह गरेका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले प्रदेश नंबर ३ को स्थायी राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त भएको...

विक्रम पाण्डेको कन्स्ट्रक्सनमाथि हमला, सात सवारीमा बम र आगजनी

सिन्धुली – कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको छ । आज बिहान करीब १ बजेतिर...