राजनीति/ समाज

प्रहरीद्वारा वैदेशिक रोजगार विभागबाटै २९ जना विचौलिया पक्राउ

मकवानपुर २८ चैत । वैदेशिक रोजगार विभागबाट प्रहरीले २९ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई १० गुणासम्म बढी रकम असुलेको , र सिधैं कार्यालयमा जान नदिने जस्ता गुनासो आएपछि आज प्रहरीले ३ जना महिला सहित २९ जनलाई पक्राउ गरेको हो । सेवाग्राही बनेर काठमाण्डौको ताहाचलस्थित...

शेरबहादुर देउवाको स्टाटस देखेपछि अलमल्लमा काँग्रेस कार्यकर्ता

काठमाडौँ, २८ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । आजको अन्नपूर्ण पोष्टमा समाचार छ । पार्टीका साधारण...

सामाजिक विकासमा रेडियोको भूमिका छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिका रहेको बताएका छन् । रेडियो ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल वानको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रवादी भावना र सामाजिक...

चीनसँगको भएको सहमति नेपालले कार्यान्वयन गर्ने : नेता नेपाल

काठमाडौँ ।  एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन एससिओ पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग...

सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग चित्त दुखाउनु बेकार : मन्त्री पण्डित

काठमाण्डौं २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग गुनासो गर्नु बेकार भएको बताएका छन् । उनले सचिवहरुको सरुवा प्रधानमन्त्री प्रणाली अन्र्तगत विधिसम्बत रुपमानै भएकोले गुनासो गर्नु बेकार भएको समेत बताए । संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री पण्डितले आफ्लाई मन परेको सचिव आफ्नै कार्यालयमा...

करोडौँ ठगेर वडाअध्यक्ष फरार !

कपिलवस्तु २७ चैत  । यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लईस पठानबिरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्दामा उजुरी परेपछि अहिले उनी फरार छन् । उनी फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् । नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् ।...

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

काठमाडौँ । आजको नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र कुनै छलफल नै नगरी बिना तयारी नेपाल र भारतबीच पानी जाहाज चलाउने सहमति गरेको समाचार छापेको छ । प्रधानमन्त्रीले यस विषयमा सम्बन्धित मन्त्रालयसँग पनि कुनै छलफल नगरेको उसको समाचारमा उल्लेख छ । भारत भ्रमणका क्रममा काठमाडौँमा रेल र नेपाल...

मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेपछि ओलीले के भने ?

–रमेश लम्साल भारत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भनेका छन् । प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयद्वारा उनलाई आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको समारोहलाई विश्वविद्यालयमा सम्बोधन गर्दा बताएका हुन् । सम्बोधनमा उनले भने,...

३३ किलो सुन तस्करी काण्डमा राप्रपाका नेता गुरुङ पक्राउ

काठमाडौं– तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो । गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी...

मुख्यमन्त्री डोरमणि पौडेलको तलब सुविधासहित मासिक ७५ हजार, अन्यको तलब यस्तो छ

मकवानपुर, २५ चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुविधासहित मासिक ७५ हजार पाउने भएका छन् । मासिक ६१ हजार रुपैयाँ तलब र सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार पुग्ने भएको हो । प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक आज पेश गरेको...