प्रदेश ३ को प्रदेशसभा बैठकमा आज मूख्य न्यायधिवक्ता सम्बन्धी विद्येयक प्रस्तुत हुँदै
मकवानपुर, १४ जेठ । ३ नम्बर प्रदेश सभाको अहिले भइरहेको बैठकमा मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिँदै छ । बैठक दिउँसो २ बजेबाट सुरु भएको हो ।
यस अघि आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सरकारको एक सय दिनको समिक्षा गरेका थिए । उनीहरुले प्रदेश सरकारको एक सय दिन उपलव्धीमुलक नभएको भन्दै आलोचना समेत गरेका थिए । बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले सरकारले समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
