मुख्यमन्त्री पौडेलद्वारा भण्डारीको सालिकमा माल्यार्पण
मकवानपुर । २५ औ मदन आश्रीत दिवसका अवसरमा आज बिहीबार हेटौंडा– ११ शहिद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्रीले माल्य अर्पण गरेका छन् । कार्यक्रममा सभामुख, साँसद देखिबाट सभामुख, सांसदहरु सबैले माल्यार्पण गरेका छन् ।
नेकपा एमाले मकवानपुर र मदन समेतको उपस्थिति रहेको थियो भने उनीहरुले पनि माल्यअर्पण गरेका छन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको दिनलाई स्मरण गर्दै भण्डारीको सालिकमा माल्यअर्पण गरिएको हो । मुख्यमन्त्री पौडेलले अहिलेको अवस्थाको देन भण्डारीकै भएको बताए । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले भण्डारीले देखाएको बाटोमा सबै हिड्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा उमाले मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रदेशका सांसदहरुलगायतकाको सहभागिता रहेको थियो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
