राजनीति/ समाज
प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत
काठमाडाैं / धानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्वीकृत गरेको हो । भारतीय समकक्षी नरेन्द्र माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन् । भ्रमणमा सरकारकातर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी...
प्रदेश ३ मा मन्त्री र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवाहरु बारे सैद्धान्तिक सहमति जुट्यो
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले मन्त्री तथा प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवा सुविधाहरुबारे सैद्धान्तिक सहमति जुटाएको छ । मंगलबार सम्पन्न बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिनुका साथै एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको हो । सरकारका प्रवक्ता आर्थिक मामिला तथा...
प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न र स्थायी राजधानी काभ्रेमा बनाउन माग
-दिलबहादुर लामा/सन्देश थिङ मकवानपुर, २० चैत । प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई आज ज्ञापन पत्र बुझाईएको छ । मुख्यमन्त्री पौडेलको कार्यकक्षमा पुगि नेपाल तामाङ घेदुङ र नेवा देय दबुले संयुक्त रुपमा प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न माग गर्दै ज्ञापन पत्र बुझाईएको हो । तामाङ...
सहकारीलाई ठूलो उद्योग खोल्न आधा लगानी प्रदेशले गर्ने मुख्यमन्त्री पौडेलको आश्वासन
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल कुनै पनि सहकारीले ठूलो उद्योग खोल्न खोजे प्रदेश सरकारले आधा लगानी गरिदिने आश्वासन दिएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सहकारीले आधा लगानी गरेर ठुला खालका उद्योग सञ्चालन गर्न खोजे...
प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ राख्न मुख्य मन्त्री डोरमणि पौडेललाई दवाब
हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमािण् पौडेलमाथि दबाब बढ्ने भएको छ । यस अघि नै पशुपति, बाग्मती, नेपाल मण्डल तथा नेवा–ताम्सालिङ लगायतका नाम चर्चामा रहे पनि प्रदेशमा बाहुल्यता भएर पनि आवाज उठ्न नसकेपछि ‘नेवा ताम्सालिङ’ नामाकरण गर्ने कुरा हराउँदै गएको थियो...
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव छैनः प्रचण्ड
चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको...
गाउँपालिका महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका लामा
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघको केन्दीय सदस्यमा मकवानपुर भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा चयन भएका छन् । महासंघको आज काठमाडौँमा सम्पन्न भएको अधिवेशनबाट लामा केन्द्रीय सदस्य चुनिएका हुन् । महासंघको केन्द्रीय अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् । उनी सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष हुन् । ३७ सदस्यीय कार्यसमितिमा...
३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक मंगलबार बस्ने
हेटौँडा, १९ चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक यही चैत २० गते बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजेदेखि बस्ने बताइएको छ । बैठकमा केही विधेयक, चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम लगायतका बारेमा छलफल हुने जनाईएको छ । यसअघि चैत १६ गते बसेको...
हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो...
क्वाटरमै मन्त्री तामाङले जब डोजर चलाए…
ललितपुर– कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् । बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित...









