स्थानीयवासीद्वारा गाउँपालिका अधिकृतमाथि हातपात

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १८:५१
file photo

हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।

बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे ।

उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*