राजनीति/ समाज

प्रधानन्यायाधीस बन्ने जोशीको सपनालाई विशेष समितिले तुहायो, काँग्रेसद्वारा बहिस्कार

काठमाडौं, १९ साउन । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्न संवैधानिक परिषद्बाट भएको सिफारिस संसदीय सुनुवाइ विशेष समितिको दुईतिहाइ मतले अस्वीकृत गरेको छ । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक–फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको...

प्रदेश ३ मा कानुन निर्माण सुस्त, ६ महिनामा १० वटा कानुन

मकवानपुर, १९ साउन । समयमै आवश्यक कानुन निर्माण हुन नसकेपछि प्रदेश ३ सरकारलाई काम गर्न कठिन भएको छ । एकातिर लामो समयसम्म संसद स्थगन हुने र काममा सुस्तताका कारण कानुन निर्माणको गति पनि सुस्त बनेको हो । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । प्रदेश कानुन निर्माणका लागि सरकारले...

कानुनमन्त्रीमा ढकाल

काठमाडौँ १८ साउन । प्रधानमन्त्री केपी ओलीले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । बंलादेशमा एम बी बी एस पढ्ने नेपाली चेलीहरुको विषयमा विवादस्पद भनाई सार्वजनिक गरेको भन्दै यस अघिका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि ढकाल मन्त्री नियुक्त भएका हुनु ।

विषेश समितिले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्यो

मकवानपुर १८ साउन । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपनि दुई तिहाई बहुमतले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको हो । समितिमा जेष्ठ सदस्यको हैसियदले लक्ष्मणलाल कर्णले बैठकको अध्यक्षता गरेका थिए । समितिमा काँग्रेसका ४...

चौकीटोलदेखि फरेष्ट्रिसम्म र राप्तिपुलदेखि बुद्धचोकसम्म आजैदेखि पूर्ण रुपमा पार्किङ निषेध

मकवानपुर, १८ साउन । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको हेटौँडा उपमहानगरपालिका अन्तगर्त पर्ने सडक खण्डमा आजकै मितिदेखि सवारी पार्किङलाई पूर्ण रुपमा निषेध गरिने भएको छ । मकवानपुरमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आजको बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन...

‘कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग’

काठमाडौं / सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । यस सम्बन्धी समाचार आजको कान्तिपुर दैनिकमा छ । संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको...

साँसद निरुदेवि पाललाई पेस्तोल ताकेको आरोपमा ७५ जना पक्राउ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निरुदेवि पाललाई पेस्तोल मंगलबार साँझ कन्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौँ प्रहरीले शकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा खबर छ । बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ,...

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न अदालतको परामादेश

जनकपुर । प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्रीलाई पक्राउ गर्न जनकपुर उच्च अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको छ । सशस्त्र प्रहरी बलका हवल्दार थमनबहादुर विकका हत्यामा आरोपी रहेका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीको नाममा अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल...

मुख्यमन्त्री ज्यू, छोड्दिनुस् मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारकको अध्यक्ष पद

बलराम पुडासैनी मकवानपुर १७ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विषयमा आजभोलि धेरैले चासो राख्न थालेका छन् । मुख्यमन्त्रीको विषयमा चासो राख्नु कुनै नौलो कुरा होईन तर उनी ३ नम्बर प्रदेशको मुख्यमन्त्री मात्रै होईनन् । उनी हाल मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारक विकास समिति हेटौंडाका अध्यक्ष...

भारत र चीनमध्ये पहिला कुन देश जालान् प्रचण्ड ?

काठमाडौँ १६ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा आएका आएको छ । तर पहिला कुन देशको भ्रमण गर्ने तय हुन सकेको थिएन । चीन तयारीमा जुट्यो । प्रचण्डलाई अगस्टको पहिलो हप्ता चीन भ्रमण गराउने तयारी सुरुभयो । यसैबीचमा...