नेपाली काँग्रेसको ४१ औं मेलमिलाप दिवस हेटौंडामा पनि मनाइयो
हेटौंडा १६ पौष । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पौष १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपाली काँग्रेसले हेटौंडामा पनि विविध कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएका छन् ।
आज नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडाबाट ¥यालीसहित बुद्धचोकमा कोणसभा कार्यक्रम गरि मेलमिलाप दिवस मनाएका हुन् ।
कोण सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरे र प्रदेश ३ का संसदीय दलका नेता तथा जिल्ला पार्टी सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।
