काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ, ९ पौष । कालिकोट जिल्ला पाल्पा गाउँपालिका–१ स्थित खाँडागाउँमा आइतबार राति भएको आगलागीबाट ८७ घर नष्ट भएको घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
आगलागीमा कुनै मानवीय क्षति नभएपनि सात जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी चौपायाको क्षति भएको छ । पार्टीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
