मस्यौदा समिति गठन

तु खबर संवाददाता
२०७५ पुष १३, शुक्रबार १५:०४

काठमाडौँ, १३ पौष । राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् ।

शुक्रबारको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो । राष्ट्रियसभाको अर्काे बैठक पौष २० गते शुक्रबारका दिन १:०० बजे बस्ने भएको छ ।