राजनीति/ समाज

पूर्वमन्त्री बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश

काठमाडौं १२ फागुन । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका नेताहरू कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । राप्रपामा पूर्वमन्त्री दीपक बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्री बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई,...

प्रधानमन्त्री ओलीद्वारा सांसद ओलीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ १० फागुन । प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण...

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही, १० फागुन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको ३७ बर्षको उमेरमा आज बिहान निधन  भएको छ । गत माघ  दाङमा दुर्घटनामा परी घाइते ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको थियो । उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी...

वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सभापतिको कार्यशैलीप्रति असन्तुष्टि

काठमाडौं ९ फागुन । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग असन्तुष्टी जनाएका हुन् । वाईडवडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन...

भ्रष्टाचार काण्डमा मुछिएका समाज कल्याणका ५ पदाधिकारी बर्खास्त

काठमाडौंँ ९ फागुन । सरकारले भ्रष्टाचार काण्डमा मुछिएका समाज कल्याणका ५ पदाधिकारीलाई बर्खास्त गरेका छन् । समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो । फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त...

सामाजिक सञ्जाल चलाउन पाइने : मन्त्री बास्कोटा

काठमाडौं ९ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्ला निराधार रहेको बताएका छन् । मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले फेसबुक, ट्वीटर, युट्युव जस्ता सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले...

गृहमन्त्री थापा भन्छन् शान्ति सुरक्षा कायम गर्न सरकार सफल भयो

काठमाडौँ, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले भने यस्तो भनेका हुन् । गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार...

कर्मचारी समायोजन विधेयक २०७५ पारित

काठमाडौँ, ८ फागुन । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत...

अख्तियार घेर्न गएका विवेकशील साझाका नेताकार्यकर्ता पक्राउ

काठमाडौं ८ फागुन । बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना नेताकार्यकर्ता पक्राउ परेका छन् । “अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये ३० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको साझा विवेशकील पार्टीका...

अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारलाई आग्रह

काठमाडौँ ८ फागुन । अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित...