राजनीति/ समाज

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण

काठमाडौँ, १८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालयमा शीतलनिवासस्थित आज आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर...

नेपाली काँग्रेसको ४१ औं मेलमिलाप दिवस हेटौंडामा पनि मनाइयो

हेटौंडा १६ पौष । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पौष १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसले हेटौंडामा पनि विविध कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस...

आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको : अध्यक्ष दाहाल

काठमाडौँ, १६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताए । नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार...

काँग्रेसले मेलमिलाप दिवसमा र्याली तथा कोणसभा गर्ने

हेटौंडा, १३ पौष । नेपाली काँग्रेस मकवानपुरले यही पौष १६ गते मेलमिलाप दिवसको अवसरमा र्यालीतथा कोणसभा गर्ने भएको छ । शुक्रबार नेपाली कांग्रेस मकवानपुरको सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उपस्तिथिमा बसेको बैठकले पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन जिल्ला पार्टी कार्यालय मकवानपुरबाट विहान...

मस्यौदा समिति गठन

काठमाडौँ, १३ पौष । राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् । शुक्रबारको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव...

धर्मका बारेमा काँग्रेसको धारणा स्पष्ट छ– सिटौला

काठमाडौँ, १२ पौष । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काँग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताए । बिहिबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले भने, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक...

प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणको शिलान्याश

काठमाडौं १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्याश गरेका छन् । आज सुन्धारामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहान ११ बजे धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा ४३ महिनापछि पुनर्निर्माणको औपचारिक काम सुरु भएको हो ।

हिउँदे अधिवेशन ११ गतेदेखि शुरु

काठमाडौँ, १० पौष । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो हिउँदे अधिवेशन र संसद्को कार्यभार बुधबार ११ गतेदेखि शुरु हुने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन हुन् लागेको हो । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई...

काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, ९ पौष । कालिकोट जिल्ला पाल्पा गाउँपालिका–१ स्थित खाँडागाउँमा आइतबार राति भएको आगलागीबाट ८७ घर नष्ट भएको घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि सात जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी चौपायाको क्षति भएको छ...

बाढीपीडितलाई राहत दिन प्रतिबद्ध छु : प्रधानमन्त्री

काठमाडौँ, ९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता...