राष्ट्रियसभामा प्रदेश लोकसेवा आयोग विधेयक २०७५ पारित

तु खबर संवाददाता
२०७५ फाल्गुन १२, आईतवार १६:४६
file-photo

काठमाडौँ १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियास् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गर्याे ।

राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजेको लागि बोलाएको छ ।