राजनीति/ समाज
डा. केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह
काठमाडौं २८ पौष । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । सहमति कार्यान्वयनको माग राख्दै शुक्रबारदेखि इलाममा अनसनरत रहेका डा.केसीको स्वास्थ्यमा समस्या देखिएका छन् । १६ औं पटक अनसनमा बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र...
भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय स्थापना गर्ने तयारी
काठमाडौं २६ पौष । सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्र्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्रहालय बनाउने तयारी गरिएको जानकारी गराएको हो । प्रमुख...
प्रधानसेनापति थापाले ६ दिने भारत भ्रमण गर्ने
काठमाडौँ, २६ पौष । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबारदेखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् । । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने...
संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न दिन काँग्रेसको माग
काठमाडौं २४ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गरेको छ । आज सिंहदरवारमा बसेको नेपाली काँग्रेस संसदिय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न गर्ने व्यवस्था गरिदिन हुन सभामुख कृष्ण बहादुर महरालाई आग्रह समेत गरेको छ । साथै, उक्त वातावरण नबने संसद अबरुद्ध गर्ने चेतावनी...
कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन
काठमाडौं २३ पौष । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधानसम्मत ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहमा संविधानसम्मत ढंगले कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा...
प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित
काठमाडौं २२ पौष । संघीय संसद प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तिनिधिसभाको बैठकका दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । संघीय संसद...
अर्थ समितिद्वारा लेखा परीक्षणसम्बन्धि विधेयक पारित
काठमाडौं २२ पौष । संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो । समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सो विधेयक पारित गरिएको...
प्रधानसेनापति थापा पौष २७ मा भारत जाँदै
काठमाडौं २२ पौष । प्रधानसेनापति पूर्णचन्द्र थापा यही पौष २७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा उनी ६ दिनका लागि औपचारिक भ्रमणमा जाने भएका हुन् । प्रधानसेनापति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । बिमस्टेकका सदस्य मुलुकहरूका सेनाको सैन्य अभ्यास समापनका क्रममा...
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं २१ पौष । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबारको लागि बैठक बोलाइएको जानकारी दिए । पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि काँग्रेसको पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी रणनीति र कार्ययोजनाका विषयमा केन्द्रीत...
काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनीत
काठमाडौँ, १८ पौष । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनीत गरेका छन् । नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १० को उपधारा २ (ग) बमोजिम ललितपुरका...







