राजनीति/ समाज
पार्टीमा अनुशासनको खाँचो छ : काँग्रेसका सभापति देउवा
दमौली, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताए । तनहुँ काँग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए । विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासो...
काँग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने
चितवन, ५ माघ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताए । नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमितिको प्रथम सभालाई आज सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका...
कमल थापालाई शेर्पाको चेतावनी : ज्ञानेन्द्रको काट्टो खाने पैसा ल्याएर धर्मनिरपेक्षताविरुद्ध बोलिस् भने गिरफ्तार गर्छु
मकवानपुर, ४ माघ । पूर्वउपप्रधानमन्त्री कमल थापालाई ज्ञानेन्द्र शाहबाट रकम ल्याएर धर्म निरपेक्षता र संघीयताविरुद्ध नबोल्न नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले चेतावनी दिएका छन् । आज हेटौंडामा नेवा ताम्सालिङ समन्वय समितिले आयोजना गरेको दबाब कार्यक्रममा शेर्पाले कमल थापाले यस्तो गरिरहे घरमै आएर गिरफ्तार गर्ने चेतावनी समेत दिए...
आङकाजीले लगाए कमल थापामाथि यस्ता गम्भीर आरोप
मकवानपुर, ४ माघ । तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्नु् पर्ने भनी आज हेटौंडामा आयोजना गरिएको दबाब कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले कमल थापामाथि चार संगीन आरोप लगाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका मकवानपुरे नेता कमल थापामाथि उनले सार्वजनिक कार्यक्रममा निकै तुच्छ शब्दमा आरोप लगाएका...
नेविसंघको कार्यसमिति आजदेखि कामचलाउ
काठमाडौं ३ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमिति विधानत स्वतः भंग भएको छ । गत २ भदौमा सकिएको कार्यसमितिको म्याद मातृ पार्टी कांग्रेसले दुईपटक थपेर २ माघसम्म र्पुयाएको थियो । केन्द्रीय कार्यसमिति कामचलाउ भएपछि मातहतका समिति पनि स्वतः कामचलाउ भएका छन् । नेविसंघले...
नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न
बुटवल, ३० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले...
राप्रपाले देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने
मकवापुर २९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर घरदैलो कार्यक्रम गर्ने भएको हो । पाटीर्ले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको हो । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पुर्याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको पार्टीका अध्यक्ष कमल थापाले बताए । “जनतालाई विभिन्न प्रलोभन...
नगर सभापति पराजुलीले गरे १ सय ५० विद्यार्थीलाई न्यानो कपडा वितरण
भार्ता,२९ पौष । मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं. ८ भार्ता ल्वाङ्गास्थित सुन्दरकाली प्रा.वि.का १ सय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवसथापन समितिका अध्यक्ष सिताराम थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा जाडोमा लाउने न्यानो कपडा...
मकवानपुरको बाग्मतीमा नेकपाका अध्यक्ष प्रचण्ड आउने
मकवानपुर २७ पौष । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते मकवानपुरको बागमती गाउँपालिकामा आउने भएका छन् । माघ २ गतेको दिन गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लागेका हुन् । प्रचण्डले त्यसदिन साढे १२ बजे झुरझुरेमा रहेको गाउँपालिकाको कार्यालय उद्घाटन...
काँग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् । कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार,...









