व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री खतिवडा

तु खबर संवाददाता
२०७५ फाल्गुन १८, शनिबार १५:२०

काठमाडौँ, १८ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् ।

काठमाडौँमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको दशौंँ वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार रहेको बताएका हुन् ।

उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले उल्लेख गरे ।