अख्तियार घेर्न गएका विवेकशील साझाका नेताकार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७५ फाल्गुन ८, बुधबार १४:५९
file-photo

काठमाडौं ८ फागुन । बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।

“अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये ३० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको साझा विवेशकील पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको छ । साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

आगामी फागुन १४ गते पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि भ्रष्टाचार विरोधी प्रदर्शन गर्ने जनाइएको छ ।