अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारलाई आग्रह

तु खबर संवाददाता
२०७५ फाल्गुन ८, बुधबार १४:१९

काठमाडौँ ८ फागुन । अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काँग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका छन् ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काँग्रेसले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।