राजनीति/ समाज

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा रिट जारी गरेको हो । निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो। उनीमाथि आयोगको...

घोषित मितिमै चुनाव हुनुपर्ने एमालेको अडान, कर्फ्यूप्रति आपत्ति

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति-सुरक्षाको नाममा...

हेटौंडाबाट पाँच वर्ष स्थायी सरकार चलाउने रवि लामिछानेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने बताएका छन् । हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले देशलाई कानूनी राज्यका रूपमा स्थापित गर्ने बताए । लामिछानेले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै मतपरिणामलाई स्वीकार गर्न...

ओलीको भ्यूटावरदेखि स्मार्ट सिटीसम्म : झापा–५ मा बालेन शाहको चुनावी एजेन्डा

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । बाचापत्रमा उनले दमक सभागृह र केपी शर्मा ओलीको पहलमा निर्माण गरिएको भ्यूटावर लगायतका योजनालाई उच्चतम नागरिक उपयोगीता हुने गरी...

फागुन २१ को निर्वाचन सर्दैन, सुरक्षाको पूर्ण ग्यारेन्टी छः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पारेका छन् । यसका लागि सुरक्षा व्यवस्था समेत मजबुत रहेको उनले बताएका छन् । संविधानतः संसद् विघटन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन सार्ने वा...

भारतबाट फर्किने मतदातालाई नाकामा सहज आवागमनको व्यवस्था गर्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भारतबाट स्वदेश फर्किने नेपाली नागरिकका लागि सीमा क्षेत्रमा सहज र सम्मानजनक आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । शुक्रबार जारी परिपत्रमार्फत मन्त्रालयले सीमावर्ती नाकामा मतदाता सहजीकरण गर्ने व्यवस्था मिलाउन छिमेकी देशका समकक्षी निकायसँग समन्वय बढाउन...

गौरमा कर्फ्यु निरन्तर, बिहान २ घण्टा खुकुलो : तनाव नियन्त्रणमा प्रशासन सतर्क

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहटको गौर नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार पनि निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश कायमै राखेका हुन्। प्रशासनका अनुसार अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको थीयो।...

दलीयकरणको अन्त्य र सुशासनको संकल्प: रास्वपाको घोषणापत्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्णायक भूमिकाको दाबी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। ‘थिति बसाल्ने सङ्कल्प’ नाम दिइएको २२ पृष्ठ लामो वाचापत्रमा १०० बुँदा समेटिँदै शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन...

प्रतिनिधिसभा निर्वाचनका मतपत्र छपाइ सम्पन्न, १० दिनभित्र जिल्लामा ढुवानी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगले दिएको जिम्मेवारी अनुसार सोमबार साँझ छपाइ कार्य पूरा गरिएको जनाएको छ। आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी गरिनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

मकवानपुर २ : तीन दर्जन बढी उम्मेदवार डेढ लाख मतदाताको परीक्षामा, को होला उतीर्ण

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभा निर्वाचनको चहलपहल तीव्र बन्दै गएको छ । निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार यस क्षेत्रबाट २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १८ जना विभिन्न राजनीतिक दलबाट र ३ जना स्वतन्त्र उम्मेदवार हुन् । उम्मेदवारमध्ये महिला संख्या २ मात्रै...