बैंक/ बीमा/शेयर

लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले औसत मूल्य गणना स्थगन गर्‍यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई स्थगित गर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्डको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै सो व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता दिँदै औसत गणना प्रणाली स्थगित गरिएको हो।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको निम्ति विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५...

शेयर बजार सुधारका लागि अर्थ मन्त्रालय सक्रिय

काठमाडौँ । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् । उनले पुँजी बजारमा देखिएका विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेका छन् । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा...

नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजि पुर्याउने उद्देश्यले शत प्रतिशत हकप्रद शेयर...

वाणिज्य बैंकहरुको मुद्दती निक्षेप ब्याजदरमा निरन्तर गिरावट

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाउदै लगेका छन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका...

शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र

काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर...

आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य नहुने बताएका छन् ।  

राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता...

बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको अध्यक्ष छनोट समितिले गत भदौ १३ गते ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका हुन् । अर्थमन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर...

राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ जना कर्मचारीको सरुवा गरेको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई विभिन्न विभाग, महाशाखा र कार्यालयमा सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ भने त्यहाँका विमलराज खनाललाई वित्त व्यवस्थापन...