विश्व विविध

कोरोना भाइरसका कारण २५ जनाको ज्यान गयो

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले यसका कारण २५ को ज्यान गएको जनाएको छ । चिनियाँ अधिकारीहरुका अनुसार, कोरोनाका कारण ६ सयभन्दा बढी नागरिक प्रभावित भएका छन्। यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा...

अस्ट्रेलियामा डढेलो निभाउन गएको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

अस्ट्रेलियामा लागेको डढेलो निभाउने कार्यमा खटिएको एयर ट्यांकर विमान दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ । विमानमा सवार चालक दलका तीन जनाको मृत्यु भएको छ।मृतक तीनैजना अमेरिकी नागरिक रहेका हुन्। न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमान स्लोई मोनारो क्षेत्रमा खटिएको...

इरानमा युक्रेनी जहाज दुर्घटना, १ सय ७६ जनाको मृत्यु

तेहरान, २३ पुस । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको छ । बोइङ ७३७–८०० जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटना हुँदा १७० यात्रु र ६ जना चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले...

इरानमा १ सय ८० यात्रु सवार विमान दुर्घटना

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित...

अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला

इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल...

सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको...

इरानले हमला गरे ५२ स्थान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् । ट्रम्पले कुनै पनि अमेरिकी नागरिकमाथि इरानका तर्फबाट हमला भए ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने...

अमेरिकी आक्रमणमा इरानको विशेष सैन्य फोर्सका प्रमुख मारिए

अमेरिकी आक्रमणमा इरानी फौजको विशेष सैन्य फोर्सका प्रमुख क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । सुलेमानीको शुक्रबार मृत्यु भएको इरानको रिभोलुशनरी गार्ड्सले पुष्टि गरेको राज्यनियन्त्रित टेलिभिजनले बताएको छ । यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिको मृत्यु भएको विवरण आएको थियो । राष्ट्रपति ट्रम्पले घटनापछि अमेरिकी झण्डा...

जेलभित्र झगडा हुँदा १६ कैदीको मृत्यु

मेक्सिकोको जकाटेकसस्थित एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको छ । मंगलबार दिउँसो कैदीहरुबीच झडप भएपछि १६ जनाको मृत्यु भएको हो । उक्त झडपबाट पाँच जना घाइते समेत भएका छन् । कैदीहरुको विभिन्न समूहबीच आपसमा कुरा नमिल्दा झगडा सुरू भएको सिन्ह्वाले जनाएको छ।

इराक र सिरियामा अमेरिकी हवाई आक्रमण, १८ जनाको मृत्यु, ५० जना घाइते

अमेरिकाले आफ्नो देशका एक ठेकेदार मारिएको घटनालाई लिएर इराक र सिरियाका लडाकू शिविरमा आक्रमण गरेको छ । गत साता इराकको किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भइको थियो भने केही अमेरिकी सेना घाईते भएका थिए । रोएटर्सका आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो...