इरानमा युक्रेनी जहाज दुर्घटना, १ सय ७६ जनाको मृत्यु
तेहरान, २३ पुस । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको छ ।
बोइङ ७३७–८०० जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटना हुँदा १७० यात्रु र ६ जना चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएको छ ।
इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन्।
दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए।
तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न नसकेको जनाएको छ ।
एजेन्सीको सहयोगमा
