विश्व विविध
तीन दशकयताकै भीषण गोलीकाण्ड: सिड्नीमा यहूदी समुदाय शोकमा
काठमाडौँ ।अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भीषण सामूहिक गोलीकाण्डमा ज्यान गुमाएका १५ जनामध्ये केहीको अन्त्येष्टि बुधबारबाट सुरु भएको छ। सिड्नीमा शोक मनाउनेहरूको ठूलो भीड भेला भएको छ भने बोन्डी क्षेत्रमा भावनात्मक दृश्य देखिएका छन्।आइतबार हनुक्काको पहिलो रात मनाइरहेका यहूदी परिवारहरूलाई लक्षित गरी भएको आक्रमणमा मारिएका रब्बी एली स्लान्जरको अन्त्येष्टि...
बोन्डी बीच गोलीकाण्डपछि अष्ट्रेलियामा कडाइ बन्दुक कानूनको बहस तीव्र
काठमाडौं ।अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा भएको घातक सामूहिक गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ३८ जना अझै अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये एक जना प्रत्यक्षदर्शी अहमद अल अहमद पनि छन् जसले आक्रमणको क्रममा एक बन्दुकधारीसँग जुध्दै बन्दुक खोसेर धेरैको ज्यान जोगाएका थिए। हनुक्काको पहिलो रात मनाउन भेला...
वायु प्रदूषणको चपेटामा दिल्ली सास फेर्नै गाह्रो
काठमाडौँ ।दिल्लीमा शनिबारदेखि वायु गुणस्तर अत्यन्तै खराब बन्दै गएपछि वायु गुणस्तर व्यवस्थापन आयोग ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान को चरण-४ लागू गरेको छ। आइतबार बिहानसम्म पनि राजधानीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहँदा हावा गम्भीर अवस्थामा पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ले जनाएको छ।सीपीसीबी का अनुसार...
खस्किँदो जैविक विविधताप्रति युएन महासचिवको चिन्ता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीमा हरेक मानिसले असुरक्षित हावामा सास फेरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई केन्यामा सम्बोधन गर्दै महासचिव गुटेरेसले यस सभाले आसा प्रदान गरिरहेको बताए । सार्वजनिक मन्तव्य अनुसार, हाम्रो ग्रह पहिले कहिल्यै नभएको अवस्थामा रहेको बताउँदै महासचिव गुटेरेसले खस्किँदो जैविक विविधताप्रति...
भेनेजुएला तटबाट अमेरिकाद्वारा सबैभन्दा ठूलो तेल ट्याङ्कर नियन्त्रणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट एउटा विशाल तेल ट्याङ्कर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यो अहिलेसम्म अमेरिकाले जफत गरेको सबैभन्दा ठूलो ट्याङ्कर हो, जसले दुई देशबीचको तनावलाई झन् चर्काउने संकेत दिएको छ। ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन हामीले भर्खरै एउटा अहिलेसम्मकै सबैभन्दा ठूलो...
थाइल्याण्ड-कम्बोडिया सीमामा तनाव : थाइल्याण्डद्वारा हवाई आक्रमण
काठमाडौं । दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरू थाइल्याण्ड र कम्बोडियाबीच पुनः सैन्य तनाव चर्किएको छ । नयाँ लडाइँको शृंखलाको सुरुआतसँगै थाइल्याण्डले सोमबार कम्बोडियामाथि हवाई आक्रमण गरेको छ । यससँगै दुई महिना अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा भएको शान्ति योजना विफल हुने जोखिम बढेको छ । हप्तौँदेखिको तनाव र युद्धविराम...
भारतभर इन्डिगो उडान संकटमा : दिल्लीमा मात्रै २०० भन्दा बढी उडान रद्द
काठमाडौं ।भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो पछिल्ला चार दिनयता गम्भीर सेवा अवरोधको सामना गरिरहेको छ जसले देशभरका यात्रुहरूलाई ठूलो मात्रामा प्रभावित पारेको छ। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित बनेको छ । दिल्ली विमानस्थलका अधिकारीहरूका अनुसार शुक्रबार मात्रै १३५ प्रस्थान र ९० आगमन उडान रद्द भएका छन्।...
भारत भ्रमणमा पुटीन,मोदीद्वारा निजी रात्रिभोज
काठमाडौं ।नयाँ दिल्लीमा बिहीबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ घण्टाभन्दा अलिक बढी अवधि रहने भारत भ्रमणका लागि आइपुग्नेछन् । आगमनसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै आधिकारिक निवासमा पुटिनको सम्मानमा निजी रात्रिभोज आयोजना गर्ने तयारी गरेका छन्, जसले दुई नेताहरूलाई सार्वजनिक चहल-पहलबाट टाढा बसेर संवेदनशील कूटनीतिक तथा रणनीतिक मुद्दाहरूमा प्रत्यक्ष...
पाकिस्तानद्वारा रावलपिंडीमा प्रतिबन्ध खानको अवस्थामाथि प्रश्न
काठमाडौँ ।पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानको अवस्थाबारे फैलिएको व्यापक अनिश्चितता र अफवाहबीच सरकारले रावलपिंडीमा सबै प्रकारका सभा-जमघटमा कडा प्रतिबन्ध लगाएको छ। पीटीआईले योजना गरेको ठूलो विरोध प्रदर्शनलाई ध्यानमा राख्दै प्रशासनले डिसेम्बर १ देखि ३ सम्म तीन दिनका लागि धारा १४४ लागू गरेको हो। डिप्टी...
एयरबस ए-३२०मा सफ्टवेयर समस्या, विश्वभर उडान अवरुद्ध
काठमाडौँ । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन्। अक्टोबर महिनामा जेटब्लूको एक ए–३२० उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो। कम्पनीका अनुसार तीव्र सौर्य विकिरणले...









