विश्व विविध

युनुसको प्रस्तावले भारत–बंगलादेश सम्बन्धमा नयाँ बहस

काठमाडौं ।बंगलादेश सरकार प्रमुखबाट राजीनामा दिने घोषणा गरेका मुहम्मद युनुस ले विदाई सम्बोधनमा नेपाल, भुटान र भारतका उत्तरपूर्वी “सेभेन सिस्टर्स” राज्यहरूलाई समेटेर उप–क्षेत्रीय आर्थिक सहकार्यको प्रस्ताव अघि सारेका छन्। उनले कनेक्टिभिटी, व्यापार सम्झौता र बंगलादेश हुँदै समुद्री पहुँचलाई क्षेत्रीय आर्थिक विकासको आधारका रूपमा उल्लेख गरे। युनुसले आफ्नो १८ महिनाको...

एलोन मस्क २०२६ मै विश्वका पहिलो खर्बपति बन्ने दौडमा

काठमाडौं । एलोन मस्क सन् २०२६ मै विश्वका पहिलो ट्रिलियनियर (खर्बपति) बन्ने सम्भावनामा देखिएका छन्। टेस्ला का सीईओ मस्कको हालको कुल सम्पत्ति करिब ८५० अर्ब अमेरिकी डलर पुगेको छ। फेब्रुअरी २०२६ सम्म उनले ८०० अर्ब डलरको सीमा पार गर्ने पहिलो व्यक्ति बनेका थिए। हाल मस्कको सम्पत्ति विश्वका अन्य शीर्ष...

बहुपक्षीयता र समावेशी विकासमा इकोसक अध्यक्ष थापाको जोड

इकोसका अध्यक्ष लोकबहादुर थापाले बहुपक्षीयताको सुदृढीकरण र समावेशी विकासमा जोड दिएका छन् । कोनराड एडेनाउरको १५० औं जन्मजयन्तीको अवसरमा कोनराड एडेनाउर फाउन्डेसनद्वारा न्युयोर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि समेत रहेका इकोसक अध्यक्ष थापाले वर्तमान विश्व भू-राजनीतिक तनाव र आर्थिक दबाबबाट गुज्रिरहेको बताए । उनले...

बंगलादेशमा सत्ता परिवर्तन, बंगलादेश नेशनलिस्ट पार्टीको सशक्त पुनरागमन

काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनबाट बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्तामा सशक्त पुनरागमन गरेको छ। कुल ३०० सिटमध्ये २९९ सिटमा मतदान भएको यस निर्वाचनमा बीएनपीले बहुमत मात्र होइन, दुई तिहाइ नजिक पुग्ने संकेत देखिएको छ। यससँगै बीएनपी अध्यक्ष तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने...

वेस्ट बैंकमा इजरायलको कदमप्रति राष्ट्र सङ्घद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले कब्जा गरिएको वेस्ट बैंकको ‘क्षेत्र ए’ र ‘क्षेत्र बी’ मा प्रशासनिक तथा प्रवर्तनका उपायहरू लागू गर्ने इजरायली सुरक्षा क्याबिनेटको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। महासचिवका प्रवक्ता स्टेफन दुजारिकमार्फत सोमबार जारी गरिएको एक विज्ञप्तिमा इजरायलको यस्तो कदमले यस क्षेत्रमा जारी द्वन्द्वलाई थप चर्काउने र...

विश्वव्यापी अराजकता चिर्न बहुध्रुवीय सन्तुलन आवश्यकः महासचिव गुटेरेस

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान विश्वमा बढ्दो दण्डहीनता र भू-राजनीतिक विभाजनले निम्त्याएको अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्षका प्राथमिकताहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भौतिक विज्ञानको ‘न्युटनको तेस्रो नियम’ लाई उदाहरणको रूपमा प्रस्तुत गरे । महासचिवले विश्वमा भैरहेका गैरजिम्मेवारपूर्ण कार्यहरूले...

दिगो विकासका लागि साझेदारी अनिवार्य: संयुक्त राष्ट्रसंघ उप-महासचिव मोहम्मद

संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे. मोहम्मदले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्तिमा सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको बलियो साझेदारी अपरिहार्य रहेको बताएकी छिन् । २०२६ ईकोसोक साझेदारी मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वव्यापी चुनौतीहरू सामना गर्न स्रोत र राजनीतिक इच्छाशक्तिको एकता हुनुपर्नेमा जोड दिइन् ।...

दिगो भविष्यका लागि राष्ट्रसंघमा साझेदारी मञ्चको बैठक प्रारम्भ

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आजदेखि २०२६ को आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को साझेदारी मञ्च औपचारिक रूपमा सुरु भएको छ । “दिगो भविष्यका लागि परिवर्तनकारी, समतामूलक, नवीन र समन्वयात्मक कार्यहरू” भन्ने मुख्य नाराका साथ आयोजित यस मञ्चले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी सहकार्यमा जोड दिएको छ...

नेपालमा सुशासनको अवस्थाबारे आईएमएफले अध्ययन गर्ने

वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा सुशासनको अवस्था र भ्रष्टाचारका जोखिमहरू पहिचान गर्न ुसुशासन र भ्रष्टाचार नियन्त्रण’ सम्बन्धी प्रक्रिया सुरु गरेको छ। नेपाली अधिकारीहरूको विशेष अनुरोधमा जोनाथन पाम्पोलिनाको नेतृत्वमा गएको आईएमएफको प्राविधिक सहायता टोलीले जनवरी १२ देखि २१ सम्म काठमाडौँमा बसेर आफ्नो प्रारम्भिक मिसन सम्पन्न गरेको...

नेपालसहित ७५ देशका लागि अमेरिकी आप्रवासी भिसा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (स्थायी बसोबासका लागि दिइने भिसा) प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने जनाइएको छ। फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक ज्ञापनपत्रका आधारमा यो...