विश्व विविध
पश्चिम बङ्गालमा चुनावी प्रतिस्पर्धी दलबीच झडप हुँदा ४ जनाको मृत्यु
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावी प्रतिस्पर्धी दलबीच हिंसात्मक झडप हुँदा चार जनाले मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताको मृत्यु भएको हो । एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु...
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान...
एनआरएनए मध्यपूर्वद्वारा १७ बुँदे घोषणापत्र जारी
मस्कट, ओमन । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौँ क्षेत्रीय सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ जुन २८–३० मा ओमनको मस्कटमा आयोजित सम्मेलनले घोषणापत्र जारी गरेको हो । सम्मेलनले सुरक्षित र...
बसमा आगलागी हुँदा जलेर २५ यात्रीको मृत्यु
मुम्बई । भारतको महाराष्ट्रमा शनिबार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा आगो लागेको थियो । उक्त घटना राति करिब २ बजे...
युक्रेनको सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर चार जनाको मृत्यु
कीभ । पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको थियो । यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि यो रुसी नियन्त्रित क्षेत्रको नजिक...
चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ...
बागमती प्रदेश सभाको अर्को बैठक असार १२ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएको हो । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । प्रदेश सभाको आज अपराह्न बसेको...
ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु
काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बीबीसीले जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु...
जर्मनीले माग्यो नेपाली कामदार
काठमाडौं । युरोपका विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक...
विवाहबाट फर्केको डुंगा पल्टिँदा एक सय जनाको मृत्यु
अबुजा । उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा उनीहरुको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । बिहान करिब...






