चिनियाँ सेनाको टोली नेपाल आउँदै

काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउने भएका छन् । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज अपराह्नमा काठमाडौं आउन लागेको हो ।
चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उक्त टोलीले प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भटवार्ता गर्ने कार्यसूची रहेको छ ।