भारतमा रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ९,शनिबार ०९:४७
सांकेतिक तस्वीर

भारत । भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पदमानाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो ।

अधिकारीहरूले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । एजेन्सी