विश्व विविध

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा...

उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको ज्यान गयो

काठमाडौं । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमा...

एनआरएनएको उपमहासचिव पदमा सापकोटाको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३–०२५) कार्यकालका लागि उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्तासमेत रहेका सापकोटाले आफु केन्द्रीय उप–महासचिव पदमा उम्मेदवारी दिने बताए । संघको स्थापना कालदेखि नै सक्रिय सापकोटा संघको विभिन्न पदीय जिम्मेवारीमा रहेर...

चिनियाँ सेनाको टोली नेपाल आउँदै

काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउने भएका छन् । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज अपराह्नमा काठमाडौं आउन लागेको हो । चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।...

भारतको हिमाञ्चलमा पहिरोमा परेर ५० को ज्यान गयो

शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको ज्यान गएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु...

भारतमा सडक दुर्घटनामा परेर १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु स्थानीय प्रहरीले जनाएको छ । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किए हुँदा उनीहरुको मृत्यु भएको हो ।...

चीनको हेबई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु

बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा विस्थापित गरिएको छ । साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति...

साउदीको जेलमा ४८० नेपाली

साउदी । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ । केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन् । जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम...

पाकिस्तान रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने एक सय जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको...

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा हुँदा १५ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । पाकिस्तानका रेल मन्त्री साद रफिकले लाहोरमा भएको पत्रकार सम्मेनलमा दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको...