यूएनका महासचिव गुटेरेस लुम्बिनी जाँदै

तु खबर संवाददाता
२०८० कार्तिक १४,मंगलवार ०९:०१
file-photo

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी जाँदैछन् । चार दिने नेपाल भ्रमणमा रहेका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथमा लुम्बिनी प्रस्थान गर्ने भएका हुन् ।

उनीहरु भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यसूची रहेको छ ।

भैरहवास्थित विमानस्थलमा ओलिएपछि हेलिकप्टरमार्फत उनी लुम्बिनी जानेछन् भने लुम्बिनीमा उनले डेढ घण्टा बिताउने र साढे १० बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

महासचिव गुटरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षण गरेपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।