अब ओमानमा भ्रमण भिसा गएकाले काम गर्न नपाइने

काठमाडौं । अब ओमानमा भ्रमण भिसामा गएका व्यक्तिले भिसा परिवर्तन गरेर काम गर्न नपाइने भएको छ ।
ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा गएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने जानकारी गराएको हो ।
यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम लागू गरेको हो ।