भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा परेर मृत्यु

राजस्थान । भारतीय प्रधानमन्त्री नरेनद्र मोदीको सुरक्षाका लागि गइरहेका ६ जना प्रहरीको आइतबार दुर्घटनामा परेर मृत्यु भएको छ ।
ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजस्थानको चुरु जिल्लाको सुजानगढमा रहेको ट्रलीसँग ठोक्किए दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमा र एक जनाको उद्दार गरी उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको राजस्थानका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते अर्का एक प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी