विश्व विविध

हादी हत्या र बम आक्रमणपछि बंगलादेश झनै अशान्ति फैलदै

काठमाडौँ। बंगलादेश राष्ट्रवादी पार्टी का कार्यवाहक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि बिहीबार बंगलादेश फर्किएका छन्। लन्डनमा लामो समय बिताएका रहमान श्रीमती र छोरीसहित ढाका अवतरण गरेका हुन्। उनको आगमनलाई बंगलादेशको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार,...

हादीको हत्यापछि बंगलादेशमाको अन्तरिम सरकार घेराबन्दीमा

काठमाडौँ ।प्रख्यात बंगलादेशी विद्यार्थी नेता तथा इन्किलाब मोन्चो का संयोजक शरीफ उस्मान हादीको गोली हानी हत्या गरिएको घटनाले बंगलादेशमा गहिरो राजनीतिक संकट उत्पन्न भएको छ। यस महिनाको सुरुमा ढाकास्थित एक मस्जिदबाट बाहिर निस्कने क्रममा गोली लागेका हादीको केही दिनपछि सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो।हत्यापछि हादीका भाइ शरीफ ओमर...

बंगलादेशको अशान्ति सीमापार, भारतसँग कूटनीतिक तनाव बढ्यो

काठमाडौं । बंगलादेशमा बढ्दो राजनीतिक तथा साम्प्रदायिक अशान्तिले अब सीमापार प्रभाव देखाउन थालेको छ। नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग नजिकै प्रदर्शन भएपछि बंगलादेशले भारतका विभिन्न नियोगमार्फत प्रदान हुँदै आएको भिसा सेवा अनिश्चितकालका लागि निलम्बन गरेको छ। सुरक्षा चिन्तालाई कारण देखाउँदै लिइएको यस निर्णयसँगै भारत-बंगलादेश सम्बन्धमा कूटनीतिक तनाव चर्किएको छ। भारतले...

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई १७ वर्ष जेल सजाय

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई बहुमूल्य राज्य उपहारहरू अवैध रूपमा राखेको र कम मूल्यमा बेचेर नाफा कमाएको अभियोगमा पाकिस्तानी अदालतले १७ वर्षको जेल सजाय सुनाएको छ। शनिबार सुनाइएको फैसलाले वर्षौँदेखि चल्दै आएको ‘तोशाखाना’ प्रकरणलाई टुंग्याएको छ। अभियोग अनुसार खान दम्पतीले साउदी अरेबिया...

अमेरिकाद्वारा डिभी लोटरी बन्द गर्ने घोषणा

काठमाडौं। ट्रम्प प्रशासनले ई-डिभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेको पाइएपछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । डिभी कार्यक्रम सधैंको निम्ति बन्द गर्न संसदबाट पास हुनुपर्ने भएकोले यसलाई अस्थायी रुपमा रोक...

दिल्लीमा प्रदूषण र बाक्लो कुहिरोको दोहोरो मार, उडान तालिका प्रभावित

काठमाडौँ । वायु प्रदूषणबाट कुनै राहत नदेखिएसँगै भारतको राष्ट्रिय राजधानी दिल्ली शुक्रबार फेरि बाक्लो कुहिरो, कम दृश्यता र अत्यन्तै खराब वायु गुणस्तरसँग ब्यूँझिएको छ। शहरको समग्र वायु गुणस्तर सूचकांक३८७ मापन भई ‘धेरै खराब स्तरमा रहेको छ भने बिहानको समयमा धेरै स्थानमा ४०० नाघेर गम्भीर तहमा पुगेको देखिएको छ। बाक्लो...

तीन दशकयताकै भीषण गोलीकाण्ड: सिड्नीमा यहूदी समुदाय शोकमा

काठमाडौँ ।अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भीषण सामूहिक गोलीकाण्डमा ज्यान गुमाएका १५ जनामध्ये केहीको अन्त्येष्टि बुधबारबाट सुरु भएको छ। सिड्नीमा शोक मनाउनेहरूको ठूलो भीड भेला भएको छ भने बोन्डी क्षेत्रमा भावनात्मक दृश्य देखिएका छन्।आइतबार हनुक्काको पहिलो रात मनाइरहेका यहूदी परिवारहरूलाई लक्षित गरी भएको आक्रमणमा मारिएका रब्बी एली स्लान्जरको अन्त्येष्टि...

बोन्डी बीच गोलीकाण्डपछि अष्ट्रेलियामा कडाइ बन्दुक कानूनको बहस तीव्र

काठमाडौं ।अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा भएको घातक सामूहिक गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ३८ जना अझै अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये एक जना प्रत्यक्षदर्शी अहमद अल अहमद पनि छन् जसले आक्रमणको क्रममा एक बन्दुकधारीसँग जुध्दै बन्दुक खोसेर धेरैको ज्यान जोगाएका थिए। हनुक्काको पहिलो रात मनाउन भेला...

वायु प्रदूषणको चपेटामा दिल्ली सास फेर्नै गाह्रो

काठमाडौँ ।दिल्लीमा शनिबारदेखि वायु गुणस्तर अत्यन्तै खराब बन्दै गएपछि वायु गुणस्तर व्यवस्थापन आयोग ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान को चरण-४ लागू गरेको छ। आइतबार बिहानसम्म पनि राजधानीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहँदा हावा गम्भीर अवस्थामा  पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ले जनाएको छ।सीपीसीबी का अनुसार...

खस्किँदो जैविक विविधताप्रति युएन महासचिवको चिन्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीमा हरेक मानिसले असुरक्षित हावामा सास फेरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई केन्यामा सम्बोधन गर्दै महासचिव गुटेरेसले यस सभाले आसा प्रदान गरिरहेको बताए । सार्वजनिक मन्तव्य अनुसार, हाम्रो ग्रह पहिले कहिल्यै नभएको अवस्थामा रहेको बताउँदै महासचिव गुटेरेसले खस्किँदो जैविक विविधताप्रति...