खेलकुद

मन्त्री महर्जनद्वारा बकैया खेलग्रामको उद्घाटन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा...

एनपिएल अन्तर्गत आज दुई खेलः चितवन राइनोज र जनकपुर बोल्ट्स विजयी

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भएको थियो । बिहान ९ः१५ बजे सुरु भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै चिवतन राइनोज विजयी भए । खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५...

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । त्यसैगरी, आज दिउँसो १ः१५ बजे दोस्रो...

पठान स्टाइकर्सले हात पार्यो टि–१० क्रिकेटको उपाधि

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजना भएको उक्त प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रामा शनिबार भएको फाइनल खेलमा चितवनको रत्ननगर क्रिकेट क्लबलाई ३ रनले...

‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा भएको नेपाल प्रिमियर लिग (एनपिए) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उक्त क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्याने) को आयोजनामा आजदेखि राजधानीमा हुन लागेको हो । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको उक्त प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर...

जेसीज कप: उपाधिका लागि थाहा नगरपालिका र आयोजक भिड्ने

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार पालुङ जेसीज र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । थाहा नगरको इन्द्रायणी चौरमा शुक्रबार भएको २ खेलबाट प्रतियोगिताको फाइनलका लागि दुई टिमले आफ्नो स्थान बनाएको थियो । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका,...

हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदैछ । मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा  उक्त प्रतियोगिता हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फत्  प्रतियोगिताको सह–संयोजक प्रमोद मानन्धरले सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला क्रिकेट संघको सहयोगमा हुने सो प्रतितोगिता यही मंसिर १२ गतेदेखि १५ गतेसम्म...

राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छः मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।...

गति लिँदै गौरिटार, मन्त्री महर्जनद्वारा स्थलगत निरिक्षण

हेटौंडा । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले...

हेटौंडा रनको उपाधि सञ्जिव मिजारले जिते

मकवानपुर । दोस्रो संस्करणको ‘हेटौंडा रन–२०८१’ को उपाधि हेटौंडा–१४ का धावक सञ्जिव मिजारले हात पारेका छन् । उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भएका...