खेलकुद
युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
काठमाडौँ । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो...
महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको...
विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई...
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा
बैतडी । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र...
मकवानपुरमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ‘अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । जिसस मकवानपुरको आइतबार बसेको ८४ औं बोर्ड बैठकले सो निर्णय गरेको हो । उक्त प्रतियोगिता जिसस मकवानपुरको आयोजना तथा जिल्ला खेदकुद विकास समितिको व्यवस्थापनमा यही मंसिर १८ गतेदेखि २५ गतेसम्म हुने भएको हो...
हेटौंडा भेट्रान्स कप मंसिर २७ देखि हुने
मकवानपुर । हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता यही मंसिर २७ गतेदेखि आयोजना गर्ने तयारी गरेको छ । क्लबको शनिबार भएको सातौ साधारणसभाले यस्तो निर्णय गरेको हो । साधारणसभा उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मकवानपुरको फुटबल क्षेत्रमा हेटौंडा भेट्रान्सले देखाएको गतिविधि उल्लेख्य रहेको बताए...
बागमतीमा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु
मकवानपुर । बागमती गाउँपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । वडा नम्वर ४ झुरझुरेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी छिन् । फुटबल खेलाडी उत्पादन गर्र्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।...
लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै
लमजुङ । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी...
शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित...
पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् । शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा...







