राष्ट्रियसभा सदस्य बामदेव गौतमले लिए पद तथा गोपनीयताको सपथ

तु खबर संवाददाता
२०७७ आश्विन १, बिहीबार १७:३६
file-photo

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

गौतमलाई अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गर्दै गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*