आर्थिक अभावको कारण मृगौला रोगी छोराको उपचार गर्न कठिनाइ भएपछि अधिकारी दम्पतीद्वारा सहयोग जुटाइदिन अपिल

तु खबर संवाददाता
२०७७ बैशाख १९, शुक्रबार १४:५३

सिन्धुपाल्चोक ।  इन्द्रावती गाउँपालिका वडा नम्वर ७ का ११ बर्षका बालक मृगौलाका विरामी छन् ।

उनी ललितपुरको पाटन अस्पतालमा उपचाररत छन् । उपचार गर्न आर्थिक अवस्थाको कारण समस्या भएपछि उनका परिवारले सहयोग गरिदिन सबैसमक्ष अनुरोध गरेका छन् ।

विरामी सन्दीपका बाबु केदार अधिकारी र आमा ललिता आर्थिक अवस्थाका कारण छोराको उपचार गर्न कठिनाइ भएपछि निकै चिन्तित छन् ।

सन्दीपको दुइ वटै मृगौलाले काम गर्न छाडेको परिवारले बताएको छ ।

पाटन हस्पिटलको चिल्डेन वार्ड अन्तरगत ११ नम्बरको बेडमा विरामीलाई राखिएको छ ।

उनकी दिदि स्मृती अधिकारीले तु खबरसंग भनिन् – लामो समय भयो भाईको उपचारमा हामी लागिरहेका छौं, भएको पैसा सकियो । घर –जग्गा बैंकका राखिएको छ ।
‘प्लाज्मा फेरिसस्’ गर्ने भनेर डाक्टरहरुले भन्नु भएको छ । हामी अन्यौलमा छौँ – उनले थपिन् ।

मृगौला उपचारका क्रममा निकै खर्चिलो भएकोले अधिकारी परिवारलाई समस्या परेको छ । आफन्त र सहयोगी मनबाट उपलब्ध रकमबाट अहिले सन्दिपको उपचार भइरहेको बुझिएको छ ।

विरामीबारे जान्न बुझ्न र सहयोग गर्न मन लागे ९८४९८३६७६१ मा सम्पर्क गर्न सकिने उनकी दिदि स्मृतिले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*