सहयोगी मनद्वारा शिव मन्दिरहरुमा प्रसादको लागि खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १६:४८

मकवानपुर । सहयोगी मन नेपालले आज महाशिवरात्रीको दिन मकवानपुरका विभिन्न शिव मन्दिरहरुमा पुगेर प्रसाद तयार पार्नको लागि आवश्यक खाद्यान्न सामग्री सहयोग उपलब्ध गराएको छ ।

भक्तजनहरुका लागि प्रसाद तयार पार्न चिनि, तेल, आँटा (शुद्ध गहुँको पिठो) लगायतका सामग्री विभिन्न शिव मन्दिरहरुमा पुगेर वितरण गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाईले जानकारी दिए ।

रुद्रेश्वर महादेवको मन्दिर हेटौँडा ५, शिवशक्तिश्वर महादेवको मन्दिर हेटौँडा १६, धनेश्वर महादेवको मन्दिर हेटौँडा १६, निलकण्ठेश्वर महादेवको मन्दिर हेटौँडा ६ लगायत विभिन्न शिवालयहरुमा उक्त सामग्री सहयोग गरिएको हो ।

साथै आर्थिक रुपले विपन्न भक्तजनहरुलाई पनि खाद्यान्न सामग्री सहयोग गरिएको सहयोगी मन नेपालका सल्लाहकार शिव खनालले बताए ।

खाद्यान्न सामग्री वितरण कार्यक्रममा खतिवडा किराना स्टोर्सले सहजिकरण गरेको थियो ।

संस्थाले यसअघि पनि विभिन्न समाजिक काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*