बालुवाटार प्रकरणमा म निर्दोष छु, गच्छदारको विषयमा थाहा छैनः माधव नेपाल
मोरङ, २४ माघ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् हाेइनन् आफूलाई थाहा नभएकाे बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले दाेषी भए कारबाही हुनु पर्ने र निर्दाेष भए फस्न नहुने बताए ।
कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको लालपुर्जा हुनेहरुलाई अख्तियारले उन्मुक्ति दियो भनिरहेको छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेपालले भने, ‘त्यस्तो हो भने मलाई थाहा छैन तर निर्दोष मान्छेलाई फसाइएको हो भने त्यो गलत हो।’
उनलेअख्तियारले पार्टीगत रुपमा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो आफूलाई नलागेको बताए। ‘अख्तियारले मुद्दा दायर गर्दा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो लाग्दैन तर यदी पार्टीगत रुपमा गरेको हो भने उपयुक्त होइन,’ नेपालले भने।
नेपालले ललिता निवास जग्गा प्रक्रणमा आफू दोषी नभएको दाबी गरे। ‘दोषी र अपराधी जोसुकै भए पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ नेपालले भने, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु।’
आफ्नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको नेपालले प्रस्ट्याए। ‘कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने त्यस कार्यालयका सबै दोषी हुँदैन जसले बदमासी गर्छ उही दोषी हुन्छ,’ नेपालले भने।कोही पनि निर्दोष मान्छे पर्न हुँदैन र दोषी मान्छे छुट्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको नेपालको भनाइ थियो।
यो पनि पढ्नुहोस् ।
- बालुवाटार जग्गा छानबिन गराएँ, उल्टै आरोपित गरिँदैछः प्रधानमन्त्री
- विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण
- अख्तियारमा धर्ना दिने साझा पार्टीका नेता, कार्यकर्ता पक्राउ
- कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने
- बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यस्तो बयान
- बालुवाटार जग्गा प्रकरणमा तत्कालीन् राज्यमन्त्री संजयकुमार साहको बयान
- बालुवाटार जग्गा प्रकरणबारे विष्णु पौडेलका छोरा नवीन पौडेलले दिए यस्तो बयान
- बालुवाटार जग्गा प्रकरणमा विजयकुमार गच्छदारले यस्तो बयान दिए
- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान
- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयान
- सरकारको नियत ‘आफ्नालाई जोगाउने, अरूलाई फसाउने’
- ललिता निवास जग्गा प्रकरण : मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने
- कांग्रेसलाई बिडारीले भने– ‘एक्लैले ड्याम ड्याम निर्णय गरेपछि मुद्दा लाग्छ’
- गच्छदारविरुद्ध मुद्दा दायर भएपछि सडक तताउने काँग्रेसको निर्णय
- विश्वप्रकाश भन्छन्ः कामरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?
- बालुवाटार जग्गा प्रकरण– विष्णु पौडेल कसरी जोगिए ?
- बालुवाटार जग्गा प्रकरणः ‘प्रस्ताव लाने मन्त्रीलाई मुद्दा, पास गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति’ ?
- अख्तियारले यसअघि मुद्दा चलाएका केही चर्चित नेता
- बालुवाटार जग्गा प्रकरणः पौडेल र रेग्मी सरकारलाई जग्गा फिर्ता गर्न तयार
- बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलविरुद्ध उजुरी परेन, माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने
- ललितानिवास प्रकरणमा यी ‘हाई प्रोफाइल’ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर
