घरेलु हतियार लिएर फनफनी नचाउन थालेपछि १२ कैदीबन्दी स्थानान्तरण : कारागार प्रमुख खनाल
मकवानपुर, २८ चैत । भीमफेदी कारागारभित्र गत २४ गते भएको विवादमा १२ कैदीबन्दी अन्यत्र सरुवा गरिएको छ ।
ती कैदीबन्दीलाई सरुवा गर्नुपर्नाको कारणबारे हामीले कारागार प्रमुख प्रकाश खनाललाई सोधेका थियौँ । खनालका अनुसार, कैदीबन्दीले कारागारभित्र गरेको व्यवहारपछि कुनै अप्रिय घटना नहोस् भन्नका लागि स्थानान्तरण गरिएको उनले बताए । उनका अनुसार, घटना भएको दिन कैदबन्दीहरुले कारागारभित्र घरेलु हतियार नचाएका थिए । सो कार्यमा संलग्न भएकाले ती १२ जनालाई अन्यत्र पठाउनु परेको हो ।
घरेलु हतियार (तरकारी काट्ने चक्कुआदि) लिएर कैदीबन्दीहरुले कारागारभित्र अस्वभाविक गतिविधि गर्न थालेपछि उनीहरुलाई कारागार व्यवस्थापन ऐन अनुसार अन्यत्र पठाइएको हो ।
