मेरो कुनै गल्ति भेटिए जस्तोसुकै कारवाही भोग्न तयार छु : हरिहर पुडासैनी

२०७५ चैत्र २७,बुधबार १७:५५

मकवानपुर, २७ चैत । भीमफेदी कारागारका करारका कर्मचारी हरीहर पुडासैनीले आफ्नो कुनैपनि गल्ती नभएको बताएका छन् । कारागारमा लफडा भएपछि आफ्नो पनि नाम मुछिएको र कारागारले हिजोबाट हाजिर नगराएकोप्रति उनले दुख व्यक्त गरे ।

उनले तु खबरसंग भने ‘ जुन विषयलाई लिएर मेरो करार रद्ध गर्न लागिएको छ, त्यो विषयमा म संलग्न छैन । ’ म सरोकारवालाहरुसंग अनुरोध गर्न चाहान्छु की कारागारमा भएको घटनाको विषयमा निश्पक्ष छानविन हुनु जरुरी छ ।

उनले थपे ‘ यदी मेरो कुनै गल्ती भेटियो भने म जस्तोसुकै सजाँय भोग्न तयार छु । मेरो जागिर होस् वा नहोस् त्यो भन्दा पनि मेरो परिवार र समाजमा यस घटनाले म लज्जित हुनुपरेको छ । त्यसैले छिटोभन्दा छिटो निश्पक्ष छानविनका लागि माग गर्दछु ’ ।

कारागारका करारका कर्मचारीहरु लागुऔषद्यको काममा संलग्न देखिएको भन्दै उनीहरुको करार रद्ध गर्न काम अधि सारिएको छ । पुडासैनीले भने आफु यस घटनामा संलग्न नभएको दावी गरेका छन् ।