भीमफेदी कारागारमा झमेलापछि बुद्धि बल लामा झुम्का स्थानान्तरण

२०७५ चैत्र २६,मंगलवार ०९:२२

मकवानपुर, २६ चैत । भीमफेदी कारागारमा झमेला भएपछि ‘ख’ ब्लकका चौकीदार बुद्धि बल लामालाई झुम्का कारागार  र केहीलाई अन्यत्र कारागार स्थानान्तरण गरिएको छ ।

कमजोरी गर्ने अन्यलाई संरक्षण गरी सो घटनामा संलग्न नभएकालाई स्थानान्तरण गरिएको टिप्पणी भइरहेका बेला कारागार प्रशासनले ‘अन्यको हक’ मा अनुसन्धान भइरहेको जनाएको हो ।

कारागारमा व्यापक समस्याहरु देखिएपछि बलसहित केहीलाई झुम्का र केही कैदीबन्दीलाई  अन्य कारागार सरुवा गरिएको हो । घटनामा संलग्न हरुको पहिचान भइरहेको र उनीलाई पनि अन्यत्र सार्ने काम अघि बढेको कारागार प्रशासनले जनाएको छ ।

कारागारभित्रको सत्ता हातमा लिने दाउपेच स्वरुप कारागारमा विवादहरु देखिने गरेका छन् । कारागारको भित्री प्रशासन चलाउनेहरुले त्यहाँको व्यवस्थापन कसले लिने भन्नेमा ठूलै ‘राजनीति’ हुने गरेको छ ।  केहीदिन अघि भएको घटना पनि कारागारभित्रको व्यवस्थापनको सत्ता कसले लिने भन्ने उद्धेश्यमा प्रेरित रही गरिएको थियो, कारागार स्रोतले भन्यो ।

कारागार सुधारमा लागेको छु : प्रकाश खनाल ( कारागार प्रमुख)

कारागार प्रमुख प्रकाश खनालले कारागार सुधारमा काम भइरहेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उनले कारागारमा रहेको केही समस्याहरुको समाधानमा आफू लागिपरेको बताएका हुन् । केही दिनअघि भएको घटनामा पनि निकै संवेदनशील भई समाधानको प्रयास गरिएको स्पष्ट पार्दै उनले कारागारभित्र रहेको समस्याहरुको समाधानमा आफूले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

र, यो पनि पढ्नुहोस् :

 

– नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल

– भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई

– भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब