भीमफेदी कारागारमा लफडा, ‘प्रहरी परिचालन गरेका छौं’ : प्रहरी प्रवक्ता भट्टराई

२०७५ चैत्र २४,आईतवार ११:३३

मकवानपुर २४ चैत । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा कैदीबन्दीहरुबीच झगडा भएको छ ।

कैदीहरुबीच विवाद भएपछि झगडा भएको र केही कैदीहरु घाईते भएको जानकारी छ ।

तु खबरले यस विषयमा मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईलाई जिज्ञासा राख्दा उनले अवस्था असामान्य रहेको र प्रहरी परिचालन गरी अहिले केही हदसम्म नियन्त्रण गरिएको बताए ।