७५ हजार घुस रकम सहित भीमफेदी कारागारका जेलर मदन अधिकारी पक्राउ

२०७५ फाल्गुन १०,शुक्रबार १४:४३

मकवानपुर १० फागुन । भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदैगर्दा पक्राउ गरेका छन् । अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटैंडाको टोलीले जेलर अधिकारीलाई आज ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।

अधिकारीले कैदिहरुलाई थर्काउँदै पैसा असुल्ने गरेको सुचना पाएपछि अत्तियारको टोली कारागार पुगेको थियो । कारागार पुग्दा अधिकारीलाई अत्तियारको टोलीले घुस रकम सहित फेला पारेपछि पक्राउ गरेको हो । चौकिदारसंग उनले पैसा नदिए सरुवा गदिन्छु भन्दै थर्काएर घुस मागेका थिए ।

उनले यसअघि पनि कैदीहरुलाई थर्काउँदै घुस माग्ने गरेका थिए । यस विषयमा थप जानकारी आउन बाँकी छ ।