सन्दीप चम्किएपछि कतारमाथि नेपालको जीत

तु खबर संवाददाता
२०८२ आश्विन २८, मंगलवार ००:३२
तस्बिर क्रेडिटः क्यान

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपाल कतारसँग ५ रनले विजयी भएको छ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारलाई ५ रनले पराजीत गर्दै नेपाल विजयी भएको हो ।

नेपाल टिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रन मात्र बनाएर अलआउट हुन पुग्यो । कतारका लागि ओपनर इमाल लियानागेले ५५ रन बनाएका थिए भने जुबेर अलीले ५२ रन बनाए ।

नेपालका लागि नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । टस हारेर पहिले बाटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धसतकको मद्धतले ९ विकेटको क्षतिमा २० ओभरमा १४७ रन बनाएको थियो ।

पौडेलले ५८ रन, ऐरीले २६ रन र गुल्शन झाले १६ रनको योगफल जोडे । कतारका कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । लुइसले ३ विकेट र मुहम्मद असिमले १ विकेट लिए ।