प्रतिनिधि सभाको अर्को बैठक माघ २७ गते बस्ने

तु खबर संवाददाता
२०८१ माघ २५, शुक्रबार १६:१०
file-photo

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही माघ २७ गते बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठक स्थगित गर्दै अर्को बैठक माघ २७ गते बस्ने जानकारी गराएका हुन् ।

आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका थिए ।

त्यस्तै, कानुन मन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए ।