प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन् । प्रधानमन्त्री ओलीले विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो सचिवालयका अनुसार, दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरूसँग संवाद गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, आजै दिउँसो २ बजे प्रधानमन्त्री सगरमाथा संवाद तयारी बैठकमा सहभागी हुँदैछन् ।
