कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् ।
कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागको सदस्यहरुमा क्रमशः कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा) लाई मनोनीत गरिएको हो ।
यसैगरी सदस्यमा मनोनीत हुनेहरुमा झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।
