समाजवादी मोर्चाले माघ १६ गते बृहत् कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८१ माघ २, बुधबार १७:०१

काठमाडौं । विपक्षी समाजवादी मोर्चाले यही माघ १६ गते बृहत् कार्यक्रम गर्ने भएको छ । पार्टीको बुधवार आलोकनगरमा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले बैठकबारे जानकारी दिँदै सो बारे जानकारी दिए । यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास लिएको उनले बताए ।

यस्तै, कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने सदस्य विश्वकर्माले बताए ।

आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर, पछिल्लो समय अगाडि बढाउन गति धिमा भएको भन्ने बारे छलफल भएको थियो ।