माओवादी केन्द्रको स्थायी समिति बैठक सर्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए । उनका अनुसार, केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न स्थायी कमिटी बैठक आह्वान गरिएको हो ।
उक्त बैठक शनिबार सकिनेछ । माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ ।
