संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

तु खबर संवाददाता
२०८१ पुष १६, मंगलवार १५:५२
file-photo

काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले मंगलबार पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिमा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित बनेको भन्दै क्यालेन्डर बनाउन प्रस्ताव राखेका थिए । समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा उपसमिति गठन गरिएको हो ।

उक्त उपसमितिमा नेपाली कांग्रेसबाट दिनेश यादव, नेकपा एमालेबाट ठाकुर गैरे, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिना लामा सदस्य रहेका छन् ।